शब्दकोश प्रविष्टि

नङ्ग्याउनु

स.क्रि.
  1. लुगाफाटोविनाको पार्नु; नाङ्गो पार्नु; निर्वस्त्र तुल्याउनु ।

  2. बोक्रो, खोस्टो आदि झक्नु; खोस्ट्याउनु ।

  3. भएभरको सम्पत्ति लिनु; सिरीखुरी पार्नु ।

व्युत्पत्ति

[नाङ्गि+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029443
मुद्रित पृष्ठ
664