शब्दकोश प्रविष्टि
न२
अव्य.पू.स.संयो.निपा.
क्रियापदको अगाडि, पछाडि वा बिचमा आएर निषेध बुझाउने शब्द (नगर्नु, नखानु, नजानु, भन्दिन, गर्दैनथ्यो, गर्दैन होला इ.) ।
कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द; अहँ; नाइँ । पू.स.
शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द (नकाम, नराम्रो, नजाती इ.) । संयो.
दुई शब्द वा वाक्यका बिचमा प्रयोग भएर दुवैलाई जोड दिने शब्द (रुनु न हाँस्नु, देख्नु न सुन्नु, उनी न जान्छन् न बस्छन् आदि) । निपा.
शब्द वा वाक्यलाई जोड दिन प्रयोग गरिने शब्द (उदा.- हेरूँ न के गर्छ!) ।
प्रश्न गर्दा वा सही थाप्न लाउँदा वाक्यको बिचमा वा अघिल्तिर प्रयोग गरिने शब्द (उदा.- उसले न भन्या हो! न उसले भन्या हो!) ।
उदाहरण
(उदा.- हेरूँ न के गर्छ!)(उदा.- उसले न भन्या हो! न उसले भन्या हो!)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029306- मुद्रित पृष्ठ
- 661