शब्दकोश प्रविष्टि

धुनु

स.क्रि.
  1. कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु ।

  2. बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु ।

  3. टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु ।

  4. मनमा रहेको दाग, क्लेश आदि सबै निकाल्नु ।

व्युत्पत्ति

[सं. धावन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028921
मुद्रित पृष्ठ
652