शब्दकोश प्रविष्टि

धर्माधिकार

ना.
  1. धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी ।

  2. न्यायाधीश ।

  3. दानको उचित प्रबन्ध गर्नका निम्ति नियुक्त गरिएको राजकर्मचारी ।

  4. धर्मशास्त्र, ऐनकानुन, रीतिथिति वा चालचलनबमोजिम न्याय भएको छ– छैन भनी जाँचबुझ गर्ने र सो नभएमा यथोचित रूपमा धर्म र न्यायको व्यवस्था गर्नका निम्ति भएको प्रमुख अधिकार ।

  5. राजालाई धार्मिक सल्लाह दिने व्यक्ति ।

  6. धर्मशास्त्रका आधारमा न्याय गर्ने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028700
मुद्रित पृष्ठ
646–647