शब्दकोश प्रविष्टि

धर्म

ना.
  1. व्यक्ति वा वस्तुमा सधँरहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव ।

  2. स्वाभाविक गुण; सहज वृत्ति ।

  3. स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म ।

  4. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो- मानवधर्म, नारीधर्म, युगधर्म इ.) ।

  5. असल आचरण; सदाचार; नियम ।

  6. पुण्य; सत्कर्म ।

  7. ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म ।

  8. कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028628
मुद्रित पृष्ठ
645