शब्दकोश प्रविष्टि

धरहरा

ना.वि.
  1. भित्रभित्रैबाट माथिसम्म जाने सिँढी भएको अग्लो, डोलो स्तम्भ; कीर्तिस्तम्भ; मिनार; धररा ।

  2. काठमाडौँमा वि. सं. १८८२ मा भीमसेन थापाले बनाएको, टुप्पामा चढेर अघि ठुला घटना सूचित गरिने र हाल कुनै राष्ट्रिय उत्सवमा धुन आदि बजाइने नौतला भएको प्रसिद्ध कीर्तिस्तम्भ; भीमसेनस्तम्भ । यो धरहरा २०७२ वैसाख १२ गते ११:५५ बजेको महाभूकम्पमा तीन टुक्रा भएर भत्कियो । पुनर्निर्माण गरिने तयारी छ ।

व्युत्पत्ति

[प्रा. धरहरो? सं. धरागृह]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028583
मुद्रित पृष्ठ
644