शब्दकोश प्रविष्टि
दोहोरी
ना.वि.
अड्डामा हाल साबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्नबुझाउन नसकुन्जेलका लागि रोजरोजै बुझाएको वा बुझेको हो भनी साबिकवालाले हालवालालाई र हालवालाले साबिकवालालाई सहीछाप गरी दिने लिखत कागत; दोहोरो ।
साहुलाई गरिदिएका लिखतको साहु तथा आसामी दुवै थरीले लिने एक–एक प्रति सक्कल कागत ।
बिहामा जन्ती पर्छेपछि र दुलही अन्माउनुअघि जन्तीलाई खुवाइने भोजन ।
दुलाहा वा दुलही कुनै एक पक्षले दुवै पक्षमा लगाउने खर्च ।
दुई जना परस्पर मुख हुने गरी उभिएर पालैपालो मच्चाउँदै खेलिने पिङको खेल ।
केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत; जुहारी; दोहरी । वि.
दुवैतिरको; दुवैतिर हुने ।
व्युत्पत्ति
[दोहोरो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028119- मुद्रित पृष्ठ
- 633