शब्दकोश प्रविष्टि

दिग्दर्शन

ना.
  1. दिशाको बोध गराउने वा दिशातिर देखाउने काम ।

  2. मार्ग प्रदर्शन; बाटो देखाउने काम ।

  3. उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना ।

  4. सामान्य ज्ञान वा परिचय; साधारण जानकारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027049
मुद्रित पृष्ठ
609