शब्दकोश प्रविष्टि

थारो१

ना.
  1. विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरापात काट्न निषेध गरी रुखका हाँगामा झुन्ड्याइएको ढुङ्गा ।

  2. सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा ।

व्युत्पत्ति

[प्रा. ने. थारो (= दण्डजरिवाना)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-025907
मुद्रित पृष्ठ
584