शब्दकोश प्रविष्टि
तत्त्व
ना.
कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउने मूल कारण ।
जगत् र सृष्टिका मूल कारण मानिने पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) ।
वास्तविक स्थिति वा यथार्थ कुरा ।
महत्त्वपूर्ण अंश; सार वस्तु; सारांश ।
आधुनिक रसायनशास्त्रका अनुसार अर्को पदार्थसँग बिलकुलै अमिश्रित वा विशुद्ध कुनै पदार्थ ।
परमात्मा; परब्रम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-024113- मुद्रित पृष्ठ
- 547