शब्दकोश प्रविष्टि

ठोस्नु

स.क्रि.
  1. आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु ।

  2. उही कुरो बारम्बार भन्नु; घच्का लाउनु ।

  3. कसैलाई मुखभरिको जवाफ दिनु; ठोस लाउनु ।

  4. कुनै वस्तु भाँडो आदिमा कोच्नु; खाँद्नु ।

व्युत्पत्ति

[ठोस+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-023050
मुद्रित पृष्ठ
523