शब्दकोश प्रविष्टि

जागिर

ना.
  1. सरकारी वा गैरसरकारी सङ्घ, संस्था, कार्यालयमा काम गर्ने पेसा; नोकरी; सेवा ।

  2. त्यसरी काम गरेबापत निश्चित अवधिमा पाउने गरी तोकिएको रकम; तलब; तनखा; वेतन ।

  3. मुगलकालीन भारतमा बादशाहका तर्फबाट भारदारलाई दिइने उच्च पद वा उक्त पदको आधारमा दिइने भूभाग ।

व्युत्पत्ति

[फा. जागीर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019916
मुद्रित पृष्ठ
454