शब्दकोश प्रविष्टि
चक्र
ना.
विष्णुको बाटुलो आकारको एक अस्त्र ।
माटाका भाँडा बनाउने बाटुलो साधन ।
गोलो घेरो, मण्डल ।
हठयोगअनुसार शरीरभित्रका मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, ब्रमरन्ध्र आदि काल्पनिक छ वा त्यसभन्दा बढी स्थान ।
गाडी, मोटर आदिको गुड्ने गोलो वस्तु; पाङ्ग्रो; चक्का ।
राज्य; एकाधिपत्य ।
हातका औँलाको नङको उल्टापट्टि देखिने घुमुर्किएको रेखा ।
दल; समुच्चय ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015679- मुद्रित पृष्ठ
- 363