शब्दकोश प्रविष्टि

घोडो

ना.
  1. चार खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा मालसामान बोकाउन र गाडीमा जोत्नसमेत हुने प्रसिद्ध घरपाला पशु ।

  2. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा ।

  3. बुद्धिचालको खेलमा चालिने एक गोटी । स्त्री. घोडी ।

व्युत्पत्ति

[सं. घोटक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015435
मुद्रित पृष्ठ
357