शब्दकोश प्रविष्टि

गौरा

ना.
  1. पार्वती; गौरी ।

  2. गोरो रङ भएकी स्त्री ।

  3. सङ्गीतमा एक प्रकारको रागिनी ।

  4. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूद्वारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड ।

व्युत्पत्ति

[सं. गौरी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014391
मुद्रित पृष्ठ
336