शब्दकोश प्रविष्टि

गोष्ठी

ना.
  1. कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विद्वान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप; परामर्श ।

  2. थोरै मानिसहरूको सभा; सानो बैठक ।

  3. नौ–दश पुरुष पात्र र पाँच–सात स्त्री पात्र रहने रूपकको एक भेद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014337
मुद्रित पृष्ठ
334