शब्दकोश प्रविष्टि
गुण
कुनै पनि वस्तुलाई अरू सजातीय वस्तुबाट छुट्ट्याउन वा अलग्याउन सहायक हुने निजी स्वभाव, विशेषता वा धर्म ।
कुनै मानिसमा रहको असल स्वभाव; सद्गुण ।
एक अर्कालाई प्रभाव पार्न सक्ने तत्त्व वा प्रशंसनीय विषय ।
कुनै वस्तुको निर्माण, काम, विद्या, व्यवहार आदिको सिप ; निपुणता ।
वस्तुबाट प्राप्त हुने फाइदा वा लाभ; उपयोगिता ।
ब्रमाण्डका प्राकृतिक धर्म वा वृत्ति (सत्व, रज, तम) ।
योगशास्त्रका अनुसार स्वभावमा देखिने शम, दम र तितिक्षा तीन गुण ।
उपर्युक्त वृत्ति वा गुणका आधारमा तीन सङ्ख्याको सूचक शब्द ।
पूर्वीय काव्यशास्त्रका अनुसार रसलाई उत्कर्ष प्रदान गर्ने श्लेष, समाधि, औदार्य, माधुर्य, ओज, प्रसाद, अर्थव्यक्ति, कान्ति, सुकुमारता र समतानामक तत्त्व ।
व्याकरणमा स्वरसन्धिका अ, उ, ओ तीनवटा अक्षर ।
एक अङ्कलाई अर्को अङ्कले गुणन गर्ने काम; गुणा ।
धनुको ताँदो वा डोरी ।
धागो; डोरी; सुत ।
वास्तु वा मूर्तिकलामा तीन इन्च बराबरको नापो; तीन अमल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-013675- मुद्रित पृष्ठ
- 320