शब्दकोश प्रविष्टि

गन्धे

वि.ना.
  1. दुर्गन्धी; फोहरमैला भएको । ना.

  2. सार्की आदिलाई होच्याएर गाली गर्ने गरिएको शब्द । स्त्री. गन्धिनी; गन्धेनी ।

  3. पानका आकारका केही ठुला पात हुने, बिचमा पहँला रङका घोगाजस्ता कर्णिकारमा सेता फूल र घोगाकै आकारका फल फल्ने, जरो, अरुचि, कफ तथा पित्तनाशक र पथ्य गुण भएको एक बुटी ।

व्युत्पत्ति

[गन्ध+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012873
मुद्रित पृष्ठ
302