शब्दकोश प्रविष्टि

गङ्गा

ना.
  1. हिमालय (गङ्गोत्री)–बाट निस्की दक्षिण–पूर्वी कोणतिर बग्दै गएर बङ्गोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी ।

  2. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-012552
मुद्रित पृष्ठ
295