शब्दकोश प्रविष्टि

खाना२

ना.
  1. घर वा कुनै ठाउँको खण्ड; तह; कोठा ।

  2. घर (कोरीखाना, पागलखाना इ.) ।

  3. सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग ।

  4. सानो डिब्बा ।

व्युत्पत्ति

[फा. खान]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-011723
मुद्रित पृष्ठ
277