शब्दकोश प्रविष्टि

कोश

ना.
  1. अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष ।

  2. कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ; शब्दकोश ।

  3. तरबार, खुकुरी आदि हतियारको दाप ।

  4. कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय) ।

  5. रुखबिरुवा वा सागपातको फूल ।

  6. कोपिला; कोसो; कोयो ।

  7. अण्ड; अण्डकोश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010616
मुद्रित पृष्ठ
252