शब्दकोश प्रविष्टि

कुशल

वि.ना.
  1. कुश नामको हतियार चलाउन सिपालु ।

  2. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष ।

  3. चलाख; चतुरो । ना.

  4. सन्चो; आराम ।

  5. शुभ; मङ्गल; भलो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-010029
मुद्रित पृष्ठ
238