शब्दकोश प्रविष्टि

काली१

ना.
  1. कालिका देवी; दुर्गा; चण्डी ।

  2. सोह्र विद्यादेवीमध्ये एक ।

  3. पार्वतीको एक नाम वा उपाधि ।

  4. कालिमा ।

  5. अग्निका सात जिह्वामध्ये एक ।

  6. रात ।

  7. काला बादलको पङ्क्ति ।

  8. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी; शालिग्राम पाइने नदी; काली वा कृष्णागण्डकी; सप्तगण्डकीमध्ये एक (उदा.— कालीपार, कालीवार) ।

उदाहरण

(उदा.— कालीपार, कालीवार)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-009096
मुद्रित पृष्ठ
218