शब्दकोश प्रविष्टि

काट्ने

वि.ना.
  1. धारिला हतियारले हान्ने वा दाँतिला हतियारले रेट्ने ।

  2. काट्नुपर्ने ।

  3. साह्रै चिसाले काट्ला जस्तो; असाध्यै ठिहिर्‍याउने ।

  4. बिटसम्म आउने ।

  5. उछिनेर बोल्ने । ना.

  6. उपर्युक्त प्रकारको मानिस वा वस्तु ।

व्युत्पत्ति

[काट्+ने]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008689
मुद्रित पृष्ठ
208