शब्दकोश प्रविष्टि

कराउनु

अ.क्रि.
  1. रुने, हप्काउने, विरोध जनाउने, बोलाउने आदि उद्देश्यले ठुलो स्वर गरी चिच्याउनु ।

  2. नचाहिँदो किसिमले चर्को स्वर निकाली बोल्नु । (उदा.— माली गाईले धान खायो, नकरा कान्छी कान खायो) ।

  3. झर्को लाग्ने गरी बोलेर केही सुनाउनु, माग्नु, प्रशंसा गर्नु वा निन्दा गर्नु; कचकचाउनु; करकराउनु; ।

  4. अन्याय र थिचोमिचोका विरुद्ध मर्कामा पर्नेले प्रायः मौखिक वा अलिखित रूपमा उजुर गर्नु; फिराद गर्नु ।

उदाहरण

(उदा.— माली गाईले धान खायो, नकरा कान्छी कान खायो)

व्युत्पत्ति

[सं. कलायन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-008021
मुद्रित पृष्ठ
191