शब्दकोश प्रविष्टि

कर३

ना.
  1. राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारी सरोकारवाला कार्यालयलाई अनिवार्य दातव्यका रूपमा दिनुपर्ने विभिन्न प्रकारको तिरो वा रकम (आयकर, मालपोत, बिक्रीकर, अन्तःशुल्क, आयातकर, निर्यातकर, बाटोकर (रोडसेस) इ.) ।

  2. प्राचीन कालमा एक राष्ट्रले आफूभन्दा बलियो अर्को राष्ट्रलाई बुझाउने दस्तुर; सिर्तो ।

  3. पहिले पहिले रैतीले भेटीका रूपमा जिमीदार वा तालुकदार आदिलाई दिने गरिएको विभिन्न प्रकारको रकम (ओलक, ठेकी, चारदाम, साउने फागु, कुत, बेठ इ.) ।

  4. मान्छे, बाँदर आदिको हात ।

  5. हात्तीको हात अर्थात् सुँड ।

  6. प्रकाशको हात अर्थात् किरण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007961
मुद्रित पृष्ठ
189