शब्दकोश प्रविष्टि
कमिलो
ना.
ना. [तुल. पालि किपीलिका] गुलियो आदि स्वादिला पदार्थ रुचाउने, दुला, गोला वा पातमा गुँड लगाएर फुल पार्ने, ऋतुअनुसार फुल आदि बोकेर ठाउँ सर्ने, भविष्यका लागि अन्न फूल आदि सञ्चय गर्ने र पिँधमा बारुला आदिको झँ चिल्ने खिल हुने, जीवविज्ञानका अनुसार फर्मिसिडी परिवारमा पर्ने ज्यादै सानोदेखि लिएर ठिक्कको सानो आकारमा र जातअनुसारको रङमा देखा पर्ने भाले, पोथी र नपुंसकसमेत सम्मिलित भएर समुदाय गठन गरी सामूहिक रूपमा रहने एक जातको किरो ।
व्युत्पत्ति
[तुल. पालि किपीलिका]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-007895- मुद्रित पृष्ठ
- 187