शब्दकोश प्रविष्टि

कपास

ना.
  1. हिउँदे नगदी बालीका रूपमा पाखो जमिनमा लगाइने, बोट प्रायः डेढदुई हात अग्लो, पात पाँचचुच्चे, फूल आरम्भमा सेतो अथवा पहँलो र अन्त्यमा हल्का रातो, फल झन्डै अफिमको दानु झँ हुने र फल फुटेपछि सिमलका जस्तै भुवा निस्कने तथा सो भुवाबाट कपडा आदिका लागि धागो कातिने एक प्रकारको वनस्पति ।

  2. कपासको झँ भुवा दिने कुनै पनि वनस्पति । (उदा.— रुखकपास) ।

  3. कपास वा रुखकपास आदिबाट निस्कने, धागो कात्ने काममा प्रयोगमा आउने कुनै पनि किसिमको भुवा ।

उदाहरण

(उदा.— रुखकपास)

व्युत्पत्ति

[सं. कार्पास]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007759
मुद्रित पृष्ठ
184