शब्दकोश प्रविष्टि

कण्टक

ना.वि.
  1. कुनै कुनै (गुलाफ, सिमल, नीलकाँडा इ.) का अवयवमा हुने घोचुवा सुइरे अङ्ग; काँडो ।

  2. फलाम आदि धातुबाट निर्मित वस्तु (काँटी, किल्ला इ.) ।

  3. कुनै कार्य (यात्रा, काम, लक्ष्य इ.) मा पर्ने विघ्न वा सो विघ्न उपस्थित पार्ने व्यक्ति, वस्तु वा स्थिति; विघ्न; व्यवधान । वि.

  4. लोभी; किरनटोकी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-007505
मुद्रित पृष्ठ
178