शब्दकोश प्रविष्टि
ओइरनु
स.क्रि.अ.क्रि.
चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु ।
कल, कोल आदिमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु ।
रिसले कुनै वस्तु कसैलाई धेरै दिनु । अ.क्रि.
तरल, धुलो वा दानादार वस्तु ठुलो परिमाणमा पोखिनु वा चुहिनु ।
लस्कर लाग्नु ।
जाइलाग्नु ।
व्युत्पत्ति
[ओइरो+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-006855- मुद्रित पृष्ठ
- 163