शब्दकोश प्रविष्टि
इन्द्रिय
ना.
ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) का सामूहिक वा अलग अलग नाम ।
माथिका आधारमा पाँचको सङ्ख्या ।
योनि वा लिङ्ग ।
जननेन्द्रिय ।
एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अमल बराबरको नाप; पाँच अङ्गुल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004940- मुद्रित पृष्ठ
- 119