शब्दकोश प्रविष्टि

आँठो

ना.
  1. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली ।

  2. सानो फोगटो ।

  3. कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गाजमिनको साँधसिमाना ।

  4. खर वा परालको कल्ली वा मुठो ।

  5. पराल आदिका डोरीको पोयो ।

  6. सुर्तीको जगटा ।

  7. पातको मुठो ।

  8. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धुलाको थुप्रो ।

  9. एउटै पारी बाटिने कपालको चुल्ठो ।

व्युत्पत्ति

[सं. अन्त्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003764
मुद्रित पृष्ठ
92