शब्दकोश प्रविष्टि
अन्तर्विरोध
ना.
भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा भिन्नता; बाह्य स्तरमा ठानिए, स्विकारिए वा देखिएभन्दा विपरीतको आन्तरिक धर्म वा स्वभाव ।
कुनै वस्तु, व्यक्ति र कुरामा आफैंभित्र आत्मविरोध हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था । (उदा.— उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो । अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन ।)
उदाहरण
(उदा.— उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो । अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन ।)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001797- मुद्रित पृष्ठ
- 48–49