शब्दकोश प्रविष्टि

अनौठो

वि.
  1. सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको ।

  2. आफ्ना असाधारणता, विशिष्टता वा विलक्षणताले गर्दा चकित, विस्मित वा हक्क न बक्कका साथै प्रसन्न तुल्याउने ।

  3. यसो हुन्छ होला वा हुन सक्छ भनी लिइएको सामान्य धारणा तथा विश्वासभन्दा बिलकुलै बेग्लै; आश्चर्यलाग्दो; विस्मयकारी; विलक्षण; अचम्मको; अपूर्व; अद्भुत; विचित्र; गजबको; छक्कलाग्दो ।

व्युत्पत्ति

[हि. अनूठा < प्रा. अनुट्ठो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001663
मुद्रित पृष्ठ
44