शब्दकोश प्रविष्टि
अनुशीलन
ना.
कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम ।
कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्गउपाङ्ग केलाई ज्यादै सूक्ष्म दृष्टिले विश्लेषणविवेचन गर्ने काम; त्यस्तो सूक्ष्म किसिमले गरिएको विश्लेषण र विवेचना ।
कुनै ग्रन्थ वा विषयको बारम्बार अध्ययन तथा अभ्यास गरी सूक्ष्मातिसूक्ष्म जानकारी प्राप्त गर्ने काम; चिन्तन; मनन; निरूपण; अध्ययन; आलोचना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001585- मुद्रित पृष्ठ
- 41