शब्दकोश प्रविष्टि
अनुमान
ना.
यस्तो होला वा हुन्छ भनी आफ्ना मनले अट्कल्ने वा अन्दाज लगाउने काम; लख; पूर्वअनुभव र आफ्ना समझका आधारमा कुनै कामकुरा, वस्तु, व्यक्ति, विषय आदिबारे गरिने अन्दाज; भावी कामकुरा आदिबारे गरिएको अडकल ।
कुनै वस्तु वा व्यक्ति आदिको परिमाण वा इयत्ताबारे मोटामोटी हिसाब लगाई गरिने अन्दाज । (उदा.— त्यो खसी यति धार्नीको होला भन्ने अनुमान गरिएको छ ।) ।
पूर्वीय न्यायशास्त्रले स्वीकारेका प्रत्यक्ष, अनुमान, उपमान र शब्द चार प्रमाणमध्ये प्रत्यक्ष साधनद्वारा अप्रत्यक्ष साध्यलाई प्रमाणित गरिने दोस्रो प्रमाण ।
कुनै खास अवधिअन्तर्गत विभिन्न शीर्षकमा हुने आम्दानीखर्चको अन्दाज गर्ने काम ।
उदाहरण
(उदा.— त्यो खसी यति धार्नीको होला भन्ने अनुमान गरिएको छ ।)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001518- मुद्रित पृष्ठ
- 39