शब्दकोश प्रविष्टि

अनुपस्थिति

ना.
  1. उपस्थितिको अभाव; अनुपस्थित हुनाको भाव वा स्थिति ।

  2. कुनै ठाउँ, समय वा अवसरमा उपस्थित नरहनाको भाव वा स्थिति ।

  3. बोलाइएको वा निम्त्याइएको ठाउँमा सम्मिलित हुन नआएको स्थिति ।

  4. अड्डा वा संस्थामा कुनै दिन वा केही समय गैरहाजिर रहेको अवस्था ।

  5. सामेलीका निम्ति आधिकारिक रूपमा तोकिएका समय र ठाउँमा सामेल नभएको स्थिति ।

  6. निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी जनाइएको स्थिति; गैरहाजिरी; गयल; अविद्यमानता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-001480
मुद्रित पृष्ठ
38