शब्दकोश प्रविष्टि
अनुत्तरित
वि.
जवाफ वा उत्तर नदिइएको ।
पहेलीका रूपमा रहेको रहस्यात्मक; रहस्योद्घाटन हुन नसकेको ।
अहिलेसम्म कुनै उत्तर वा समाधान प्राप्त नभएको; कुनै टुङ्गो लाग्न नसकेको; तात्त्विक (ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा जति प्रश्न उठेका छन् तीमध्ये निकै प्रश्न अझै अनुत्तरित रूपमा छन् ।) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-001430- मुद्रित पृष्ठ
- 36–37