शब्दकोश प्रविष्टि

अञ्चल

ना.
  1. शिर वा काँध भई छातीमा फैलिएको वा लपेटिएको सारी, पछ्यौरा आदिको भाग; सारी, पछ्यौरा आदिको छेउ वा किनारा; सप्को ।

  2. किनार; तीर; तट ।

  3. घाटी; फेदी ।

  4. कुनै मुलुक वा प्रदेशको एक भाग; भूभाग; क्षेत्र; प्रदेश ।

  5. नेपालका चौध प्रादेशिक विभागमध्ये एक (मेची, कोसी, सगरमाथा, जनकपुर, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरि, कर्णाली, रापती, सेती, भेरी र महाकाली) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000592
मुद्रित पृष्ठ
15