शब्दकोश प्रविष्टि

अङ्ग

ना.
  1. कुनै सिङ्गो वस्तु, प्रणाली वा संरचनाका अवयव वा हिस्सा ।

  2. शरीरका भिन्न भिन्न भाग; शरीर; जिउ; आङ ।

  3. भाग; टुक्रा; अंश; खण्ड; घटक; हिस्सा ।

  4. कुनै मूल वस्तुको पूरक, सहायक, सहयोगी, अप्रधान वा गौण अंश ।

  5. आजको बिहारको भागलपुर क्षेत्रको आसपाससम्म रहेको ठानिने प्राचीन भारतीय जनपद ।

  6. अङ्गुलको ६ गुना बराबरको नाप; ६ अमल बराबरको नाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000416
मुद्रित पृष्ठ
10