शब्दकोश प्रविष्टि

अङ्कधारण

ना.
  1. कुनै चिह्नाङ्कित धातुको साधनलाई तताएर शरीरका अङ्गमा डामी चिह्न लगाउने काम; डाम्ने काम ।

  2. कुनै सम्प्रदायको चिह्न शरीरमा धारण गर्ने काम ।

  3. चोरी, दामल आदिका अपराधमा दण्डित भएको देखाउन पाखुरा वा गाला आदिमा डाम्ने काम ।

  4. वृषोत्सर्गयज्ञमा शिवप्रीतिका निम्ति साँढेका दुवै पातामा चक्र र त्रिशूलले डामी चिह्न लगाउने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000399
मुद्रित पृष्ठ
9–10