शब्दकोश प्रविष्टि

अँडिर

ना.
  1. सातकुने पात भएको, झुप्पामा फल फल्ने, रातो वा सेतो डाँठ भएको, फलबाट तेल निकालिने र पातचाहिँ रेसमका किरालाई खुवाइने एक जातको बोट ।

  2. त्यसै वनस्पतिको फल । (यस फलको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ ।)

व्युत्पत्ति

[सं. एरण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-000043
मुद्रित पृष्ठ
2