वर्णक्रम खण्ड

हिमागरना. [सं.] हिमक्षेत्रमा हिमनदीले बनाएको खाडल । हिमाङ्कना. [सं.] १. पानी जम्ने तापक्रम । २. चन्द्रमा । ३. कपुर । हिमाचलना. [सं.] हिमालय पर्वत । हिमाच्छादितवि. [सं.] हिउँले ढाकेको; हिउँ नै हिउँ भएको । हिमाद्रिना. [सं.] हिमाल; हिमालय पर्वत; हिमाचल । हिमानीना. [सं.] १. हिउँको थुप्रो; हिउँको रास । २. हिमयुग । हिमानी माटोना. हिमनदीको प्रभावबाट बनेको माटो; हिमनदीले सोहोरेर ल्याएको माटो । हिमान्युत्तरना. पुरातत्त्वशास्त्रका अनुसार हिमयुगपछिको समय; इसाभन्दा दश हजार वर्षपूर्वको समय; नवाश्मयुग वा आधुनिक युग प्रारम्भ भएको समय । हिमायतना. [अ.] १. बेवास्ता गर्ने काम; उपेक्षाभाव । २. पक्षपात; तरफदारी । हिमायतीवि. १. पक्षपात गर्ने; पक्ष लिने । २. अटेर; उपद्रवी । हिमालना. [सं. हिमालय] हिमालय । हिमाल चुलीना. १. हिउँचुली । २. नेपालको गोरखा र लमजुङ जिल्लाको सिमानामा रहेको ७,८९३ मिटर अग्लो पर्वत । हिमाल चेरीना. विभिन्न आकारका धेरै पात हुने, घोगाजस्तो भएर फुल्ने एक सदाबहार रुख । हिमालयना. [सं.] नेपालको उत्तरी सीमाक्षेत्रमा वारपार पसारिएको, टाकुराहरू सधँजसो हिउँले ढाकिरहने, उँचो पर्वतमाला; हिमशृङ्खला । हिमालय पर्वतना. खरीमाटो वा खरीढुङ्गाको युगमा सृष्टि भएको पर्वत; आजभन्दा लगभग तेह्र करोड पचास लाख वर्षपहिले सृष्टि भएको पहाड; हिमालय । हिमालीवि. [हिमाल+ई] हिमालमा रहने; हिमालको; हिमालसम्बन्धी । हिमाली गिद्धना. हिमालय पर्वतको आसपासमा पाइने गिद्ध । हिमाली भाषाना. भोट–बर्मेली शाखाको, भोट–हिमाली– वर्गको एउटा भेद । हिमैकड्मोना. नेपालको सङ्खुवासभा जिल्लामा पाइने डाँफेभन्दा ठुलो एक जातको हिमाली लुइँचे चरो । हिमोटना. [हिम+ओट] हिमनदीले सोहोरेर ल्याएको माटो; बालुवा, ढुङ्गा र झारपात आदि वस्तु ।