वर्णक्रम खण्ड

हिन्द महासागरीय क्षेत्रना. दक्षिणी एसिया, मध्यपूर्व, अफ्रिका तथा दक्षिणपूर्व एसियाको पश्चिमी भाग । हिन्दीवि. [फा.] १. हिन्दुस्तानको; भारतसम्बन्धी; भारतीय । ना. २. हिन्दुस्तानका निवासी; भारतीय व्यक्ति । ३. हिन्दुस्तानको प्रमुख भाषा; स्वतन्त्र भारतको राष्ट्रभाषा । हिन्दुना. [फा.] वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मग्रन्थ मान्ने जाति वा धर्म । हिन्दुत्वना. १. हिन्दु हुनाको भाव, गुण वा अवस्था । २. हिन्दुहरूको आचारविचार तथा व्यवहार । हिन्दु धर्मना. हिन्दुहरूको धर्म । हिन्दुपतिना. [फा. हिन्दु+सं. पति] मकवानपुर, चौदण्डी, विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति । हिन्दुस्तानना. [फा. हिन्दोस्तान] हिन्दुहरू रहेको देश; हिन्दुस्थान; भारत । हिन्दुस्तानीवि. हिन्दुस्थानी; भारतीय । हिन्दुस्थानना. [फा. हिन्दू+सं. स्थान] हिन्दुहरूको निवासभूमि; भारतवर्ष; भारत देश । हिन्दुस्थान समाचार/समितिवि. भारतको एक समाचार समिति । हिन्दुस्थानीवि. हिन्दुस्थानको; भारतीय । हिन्दूना. हे. हिन्दु । हिन्दोलना. [सं.] १. झुलना; पिङ । २. डोली । हिन्नतिना. [सं.] अर्काको नजरमा आफूलाई गिराउने काम । हिप्पीना. भौतिक जगत्बाट विस्मृतितिर फर्की शान्तिको खोजीमा विभिन्न देशमा घुम्ने वा बस्ने गोरा घुमन्ता जाति । हिफाजतना. [अ.] कुनै वस्तुलाई जोगाएर वा बचाएर राखी बिग्रन नदिने काम; सुरक्षा; बचाउ; जतन । हिफाजतीवि. १. हिफाजत गर्ने; बचाउ तथा सुरक्षा दिने । २. बचाउ गर्न योग्य; हिफाजत गर्नुपर्ने । हिमना. [सं.] १. कडा ठन्डीले जमेको पानी; हिउँ । २. चिसो; जाडो; ठन्डा । ३. हिउँद; हेमन्त ऋतु । ४. कुइरो; हुस्सु । ५. हिमालय पर्वत । वि. ६. ठन्डा; शीतल । हिमकणना. हिउँ वा तुसाराको सानो कण; शीतविन्दु । हिमकरना. चन्द्रमा ।