वर्णक्रम खण्ड

हालहुलना. [हाल्+हुल्] १. कुनै वस्तु अर्को भाँडामा अटाईनअटाई कोच्ने काम; हाल्ने र हुल्ने काम । २. झगडा फसादबाट भएको दङ्गाफसाद । हाला१ना. [√ हार] १. चारैतिरबाट दुःख पाउने काम; हैरानी; हायलकायल । २. दशा; चालामाला । हाला२ना. [सं.] रक्सी; मदिरा; मद्य । हालाबालावि. [अ. हाल+ फा. वाला] हायलकायल; हाराबारा । हालाहालना. [हाल्+हाल्] परस्परमा दुवै थरीले हाल्ने काम; लगालग वा धमाधमको हलाइ । हालाहुलुना. नेपालमा पाइने विभिन्न जातिमा पहिले सबभन्दा सानो मानिएको जाति । हालिनुक.क्रि. [हाल्+इ+नु] हाल्ने काम गरिनु; राखिनु; मिलाइनु । हालीमुहालीना. [अ. हाल+मुहाल] कथ्य. हालीमाली । १. आफ्नो इच्छाअनुसार काम गर्न पाउने स्थिति; ढलीमली । २. बनाउन र बिगार्न सक्ने क्षमता; सबै किसिमको अधिकार; एकलौटी हक । वि. ३. परिवारमा सब कामकुराको निर्णय गर्ने अधिकार भएको; मूली । हालैक्रि.वि. [हाल+नै] थोरै दिन पहिले मात्र; केही दिनअगाडि; हिजोआजै; भर्खरै । हाल्नुस.क्रि. [सं. हुल्+नु] १. कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु । २. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु, ओढ्नेमा खोल हाल्नु इ.) । ३. मोल दिनु (जस्तो- रुपियाँ हाल्नु, पैसा हाल्नु आदि) । ४. मिलाउनु वा मिसाउनु (जस्तो- भाका हाल्नु, किरिया हाल्नु इ.) । ५. प्रवेश दिनु; नियुक्ति गर्नु; भर्ना गर्नु । ६. सौता ल्याउनु । ना. ७. पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो- गइहाल्नु; गरिहाल्नु, भनिहाल्नु इ.) । हाल्लहुल्लक्रि.वि. [हाल+हुल] पन्यालो पदार्थ जथाभाबी पोखिने गरी; छ्याल्लब्याल्ल पारेर । हावना. [सं.] पुरुषलाई मोहित पार्न स्त्रीद्वारा प्रयोग गरिने आकर्षक शारीरिक चेष्टा; साहित्यमा सम्भोग शृङ्गारका अनुसार नायकलाई आकर्षित गर्न नायिकाद्वारा अँगालिने चेष्टा (कटाक्ष, भ्रूविक्षेप आदि) । हावभावना. १. नायक वा पतिलाई मोहित पार्न नायिकाले आँखा, मुख, हात आदि नचाएर गरिने मनोहर क्रियाकलाप; हाउभाउ; नाजनखरा । २. नायक, अभिनेता, नर्तक वा वेश्या आदिले विषय सुहाउँदो प्रभाव पार्ने स्वर, अङ्ग सञ्चालन आदिद्वारा गरिने चेष्टा । हावाना. [अ. हवा] पृथ्वीको चारैतिर फैलिएको केही ग्याँस विशेष गरी अक्सिजन र नाइट्रोजनको मेलबाट बनेको, प्राणी, वनस्पति आदिको जीवनका लागि सास फेर्न चाहिने, अदृश्य तर निरन्तर प्रवाहमान पदार्थ; पञ्चतत्त्वमध्ये एक; वायु; बतास । हावाकावाना. हायलकायल । हावा कुराना. नपत्याइँदो कुरा; गफ । हावा खुस्काइना. १. जीवनको अन्त; मरण । २. टायर आदिबाट हावा बाहिर निस्कने काम । ३. पागल हुने वा बौलाउने अवस्था । हावाखोरीना. १. पहाडका रमणीय स्वास्थ्यप्रद स्थल; गर्मीयाम बिताउन उँचो ठाउँमा बनेको घर । २. हावा खाने काम; घुमफिर । हावाघरना. शुद्ध हावा प्रशस्त खेलोस् भनी बनाइएको घर; बङ्गला । हावादार/दारीवि. १. हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको । २. प्रमाण नभएको; उडन्ता (खबर) । ३. ठाउँठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना) ।