वर्णक्रम खण्ड

हक्कीवि. [हकी] नडराईकन भएको कुरा बोल्ने; हकी; निर्भीक । हगनना. [हग्+अन] हग्ने वा दिसा गर्ने काम । हगन गौँडी/गौँडोना. गौँडो र छेको परेको, हग्नका लागि चल्तीको ठाउँ; गुहेगौँडी; पाइखाना । हगनेवि. खाएर दिसा गर्नुबाहेक केही काम नगर्ने । हगाइना. हग् (+आइ)] हग्ने भाव, क्रिया वा प्रक्रिया । हगाइनुक.क्रि. हग्न लाइनु । हगाउनुप्रे.क्रि. हग्न लाउनु । हगासना. तारन्तार लाग्ने दिसा; झाडा; छेरपटी । हगासनना. ठाडो गरी दुवै खुट्टा खुम्च्याएर चाक झुन्डिने गरी पैतालाले टेक्ने आसन; हग्न बस्दा बन्ने आसन । हगिवि.बो. [√ हकि] हो कि होइन; होइन त; हकि । हगिनुक.क्रि. [हग्+इ+नु] हग्ने काम गरिनु; दिसा गरिनु । हगुवावि. [हग्+उवा] १. तारन्तार हगिरहने; दिसा लागिरहेको । २. जहाँ पायो त्यहीँदिसा गर्ने; बाटाकुबाटामा हग्ने (केटाकेटी) । हग्नुस.क्रि. [सं. हदन] १. खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु । २. अन्यायसित लगेको धन फिर्ता गर्नु । ३. पैदा गर्नु; जन्माउनु (तुच्छार्थमा) । हङ्गामाना. [फा. हङ्गामा] १. दुई पक्षका बिच भएको झगडा; कुनै पक्षका विरुद्ध गरिने आक्रमण; दङ्गा । २. होहल्ला; कोलाहल; हलचल । हङ्रायोना. पाङ्ग्रो, बल्ड्याङ्ग्रो आदि खाने स्यालजस्तो एक बनैया जन्तु हचकना. [√ हच्क] हच्कने वा कुनै कामकुरोबाट पछि हट्ने काम; हच्काइ । ह—चारना. [ह+चार] मानवसभ्यताका लागि आवश्यक चार गुण- होरो, हृदय, हात, हृष्टता (फोर–एच) । ह—चार क्लबना. चारपाते क्लब । हचिनुना. विभिन्न आकारका पात भएको, थुँगाका रूपमा फुल्ने, बाहिरी भाग कलेजी र भित्री भाग पहँलो रङको हुने, तिसदेखि साठी मिटरसम्म अग्लो झारविशेष । हचुवावि. १. नापजोख र गन्तीको आधार नलिई सामान्य अन्दाज गरिएको (मोल) । २. तर्क वा प्रमाणबाट सिद्ध नभएको (नीति वा सिद्धान्त) । ना. ३. नापजोख र गन्ती नगरी अन्दाज गरिएको मोल ।