वर्णक्रम खण्ड

होस्ल्याङवि. होस वा रङ्गढङ्ग नभएको; सुद्धीबुद्धि हराएको; हुस्सु । होस्ल्याङेवि. होस्ल्याङ; हुस्सु । होहल्लाना. [हो+हल्ला] भएनभएका कामकुरा वा घटनाको व्यापक हल्ला; हल्लीखल्ली; खलबली । होहोना. [हो (द्वि.)] बहकावट; लहैलहै; लैलै । होहोरेना. अर्काको लहैलहै; उलामाला । हौआना. हौवा । हौजना. [अ.] नुहाउन वा बोटबिरुवा सिँच्नका निम्ति पानी जम्मा गरिराख्ने कुण्ड । हौडाना. [हल्ला] १. ठुलो कोलाहल; होहल्ला । २. अफबाह; हल्ला । हौदाना. [अ.] आरामसँग मानिस बस्नका लागि हात्तीका पिठ्युँमा कसिने आसन । हौवाना. [हाउ+आ] १. निराधार वा तथ्यहीन कुरो; उडन्ते हल्ला । २. मनमा त्रास पैदा गराउने काल्पनिक वस्तु । हौसनुअ.क्रि. [हौसला+नु] उत्साहित हुनु; रौसनु । हौसलाना. [अ.] १. कुनै सन्तोष तथा प्रसन्नता पाउन चाहिने हिम्मत वा साहस; उत्साह; आँट । २. सामर्थ्य; शक्ति । ३. आकाङ्क्षा; अभिलाषा । हौसाइना. [√ हौस (+आइ)] हौसने भाव, क्रिया वा प्रक्रिया । हौसाइनुअ.क्रि. हौसने होइनु । हौसाउनुस.क्रि. १. उक्साउनु; रौसाउनु । अ.क्रि. २. हौसिनु । हौसिनुअ.क्रि. उत्साहित हुनु; काम गर्न तम्सिनु; सुरिनु । हौस्याइना. हौसिने तथा हौस्याउने भाव, क्रिया वा प्रक्रिया । हौस्याइनुक.क्रि. हौसला दिइनु । हौस्याउनुप्रे.क्रि. हौसला दिनु; उत्साहित पार्नु; सुर्‍याउनु । ह्नेदिकना. यो. १. समीप; निकट; नगिच । २. अगाडि; अघि; अघिबाट ।