वर्णक्रम खण्ड

हुलकुलना. दङ्गा र विद्रोह; हुल उठाएर गरिने विद्रोह; आतङ्क । हुलचालना. हुलदङ्गा; हुलमुल । हुलदङ्गाना. धेरै मानिसका बिचको झगडा; साम्प्रदायिक कलह; उपद्रव; मारपिट; लुटमार । हुलमूलना. धेरै मानिसको भिड; भिडभाड; ठेलमठेल । हुलहालना. हुलमुल । हुलहुज्जतना. धेरै जना वा जमातै मिलेर गरिएको दङ्गा; हुलदङ्गा । हुल्याहावि. [हुल+याहा] १. हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने । २. हुलदङ्गा गर्न दल बाँधेर हिँड्ने । हुल्लडना. [हुल+अड] १. हुल्दङ्गा; होहल्ला । वि. २. हुल्याहा । हुल्लडबाजवि. हुल्लड मच्चाउने; हुल्याहा । हुल्लडबाजीना. हुल्लडबाजहरूद्वारा गरिने उपद्रव । हुल्लाना. [√ हल्ला] १. हुल मिलेर गरिने उपद्रव; हुलदङ्गा । २. हुल; जमात । हुस्सक्रि.वि. [अ.मू. हुस्+स] १. धुवाँजस्तो कुहिरो फैलने गरी । २. फुल्ने वा उक्सने किसिमले । ३. दुध, पानी आदि उम्लने गरी । हुस्सिनुअ.क्रि. हुस्स फुल्नु; सुन्निनु; उक्सिनु । हुस्सु१ना. [हुस्स] धुवाँजस्तो पातलो कुहिरो । हुस्सु२वि. [फा. होश+उ] १. होस नभएको; सुद्धी नभएको । २. मूर्ख; बेबकुफ । हुस्सुदण्डना. होस नपुर्‍याई काम गरेका कारणले हुने दण्ड, बेकुफी दण्ड । हुस्सेना. [हुस्सु+ए] बिहान भुइँमै लाग्ने बाक्लो कुहिरो; हुस्सु । हुस्स्याइना. [√ हुस्सि (+याइ)] १. हुस्सिने भाव, क्रिया वा प्रक्रिया । [हुस्स्याउ+आइ] २. हुस्स्याउने भाव, क्रिया वा प्रक्रिया । हुस्स्याइनुक.क्रि. हुस्सिने पारिनु । हुस्स्याउनुप्रे.क्रि. हुस्सिने पार्नु; हुस्सिन लाउनु ।