वर्णक्रम खण्ड

हुत्तिनुअ.क्रि. जोडसित एकातिर घचेटिनु; हुत्त फ्याँकिनु; फालिनु । हुद्दाना. [अ. अहद] सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार । हुद्दा कर्मचारीना. हवलदार क्लर्क । हुनसम्मकोवि. [हुनु+सम्म+को] सम्भव भएसम्मको; ज्यादै; हुनिविघ्न । हुनहुनक्रि.वि. [अ.मू. हुन्+अ (द्वि.)] खोलो बगेको वा भमरा, माहुरी आदि कराएको जस्तो शब्द आउने गरी । हुनहुनाइना. हुनहुन आवाज निकाल्ने भाव, क्रिया वा प्रक्रिया । हुनहुनाइनुअ.क्रि. झिँगा, भमरा आदि भन्किनु । हुनहुनाउनुअ.क्रि. १. भमरो, माहुरी आदि किरा कराउनु; हुनहुन आवाज गर्नु । २. खोला आदि वेगसित सुसाउनु । ३. झिँगा भन्कनु । हुनहुनाहटना. हुनहुनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; हुनहुनाइ । हुनामीना. [पा. हुअमाण] हुनुपर्ने कुरा; भवितव्य; नभइनछोड्ने कामकुरो । हुनियाना. प्रायः हिमालका फेदीतिर रहने र घरजम नगर्ने एक फिरन्ता जाति । हुनिविघ्नवि. [हुने+विघ्न] हुनसम्मको । हुनिहारना. [हुनेहार] सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्यता । हुनीना. [हु+नी] हुनुपर्ने कामकुरो; हुनुहुनामी । हुनुअ.क्रि. [प्रा. हु+नु] १. विद्यमान रहनु; मौजुद रहनु । २. बन्नु; निर्माण गरिनु । ३. रूप वा स्थिति बदलिनु; एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु । ४. कुनै घटना वा व्यवहार प्रत्यक्ष रूपमा आउनु । ५. रोग, व्याधि आदिले सताउनु । ६. ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु । ७. अनुमति, अनुकूलता, स्वीकृति, स्वभाव आदिको भाव जनाउनु । हुनुहुनामीना. [हुने+हुनामी] सम्भावित कामकुरो वा घटना; भइछाड्ने कुरा; भवितव्यता । हुनेना. [हु+ने] १. हुनुपर्ने वा भएको । २. सम्पन्न । ३. राम्रो खानपिन भएको । हुने कुरोना. १. मिल्दो कुरो; उचित बात । २. भवितव्यता । हुनेखानेवि. हुँदोखाँदो; सम्पन्न; धनी । हुनेहारना. सम्भावित कुरो वा घटना; हुनेहुनामी; भवितव्य ।