वर्णक्रम खण्ड

हीहीना. [अ.मू. ही (द्वि.)] १. घोडा कराएको आबाज; हिनहिनाहट । २. हल्का हाँसोमा सुनिने शब्द । हुँवि.बो. [सं. हुम्] कसैलाई तर्साउन वा हप्काउन बोलिने शब्द; हाँ । हुँगियाना. दन्त्यकथामा डुँगियासँग लोली मिलाउन प्रयोग गरिएको एक कल्पित रुख । हुँडल्नुस.क्रि. [सं. हिल्लोल+नु] १. तरल वा लेदो पदार्थ एक जिउ हुने गरी चलाउनु; घोल्नु । २. रोटी पकाउन पानी मिसिएको पिठोफेट्नु; फाउनु । ३. हुँडलो मच्चाउनु; झगडा उठाउनु; राडो मच्चाउनु । हुँडलहाँडलना. कुनै वस्तु हुँडल्ने र चलाउने काम; तलमाथि र वरपर पार्ने काम । हुँडलाइना. हुँडल्ने भाव, क्रिया वा प्रक्रिया । हुँडलिनुअ.क्रि. १. तरल वा लेदो पदार्थ चल्नु; घोलिनु । २. मिसिनु । क.क्रि. ३. हुँडल्ने काम गरिनु; फेटिनु । हुँडलोना. धेरै जनाका बिचको मनोमालिन्य; राडो; रडाको; खिचलो । हुँडल्याइना. हुँडलिने भाव, क्रिया वा प्रक्रिया । हुँडारना. [हुण्ड] ब्वाँसो । हुँदिक्रि.वि. [√ हुँदो] १. भयो भने; भएमा; हुँदा । २. गरेमा । ना.यो. ३. शब्दको पछाडि जोडिएर सर्तवा सङ्केत बुझाउने शब्द (जस्तो- गएहुँदि; पाएहुँदि; त्यताहुँदि आदि) । ४. तिर; तर्फ । ५. यताउति; वरपर । हुँदोना. [हु+दो] १. कल्याण; हित; भलो । २. उपकार; भलाइ । ३. भलाइ, कल्याण वा उपकारका लागि । (उदा.- रामले जागिर दिलाउन त्यसको हुँदो भनसुन गरेकै हो, तर सफल भएन) । ना.यो. ४. आसपासमा भन्ने अर्थ बुझाउन स्थानवाचक वा कालवाचक शब्दका पछिल्तिर जोडिने शब्द; तिर; तर्फ; हुँदि । (उदा.- मङ्सिरहुँदो धान पाक्छ, साँझहुँदो त्यो आउँछ, राम पशुपतिहुँदो बस्छ आदि) । वि. ५. हुँदै; भइरहेको । (उदा.- यो काम हुँदो छ) । हुँदोखाँदोवि. राम्रोसँग खानपिन गर्न पुग्ने सम्पत्ति भएको; व्यवहार चलाउन पुग्ने आर्थिक स्थिति भएको; सम्पन्न । हुना. [अ.मू.] स्याल, कुकुर आदि जन्तु कराउँदा निस्कने शब्द । हुहुक्रि.वि. स्याल, कुकुर आदि जन्तु कराउँदा शब्द निस्कने गरी । हुर्रक्रि.वि. [अ.मू. हुर्+र] १. चरा उड्दा आवाज आए झँ गरी; चरा उड्ने किसिमले । २. हलुको चालसित छिटै आउने गरी । ३. हुर्‍र्‍याउने वा हुच्याउने चालमा । ४. बतास चल्ने गरी । ५. आगो बल्ने गरी; हर्र । हुर्राना. १. गन्जिफाका खेलमा आफूसँग भएजति पत्ती एकै बाजि थापी खेलिने दाउ । क्रि.वि. २. फ्याँकिने वा हुर्‍याउने गरी । हुर्रिनुअ.क्रि. १. वेगसित दौडनु; छिटोछिटो हिँड्नु । २. बेसरी दौडँदा लछारिनु वा पछारिनु । ३. चरा आदि उड्नु । ४. आगो दन्किनु । हुर्रे१ना. ज्यामीलाई चमेनाका साथ खान दिइने जाँड वा रक्सी । हुर्रे२वि.बो. [अङ्.] खेल आदिको प्रतियोगिताका विजयी पक्षले हर्ष प्रकट गर्न कराएर भनिने शब्द ।